द कपिल शर्मा सो भारतको चर्चितमध्ये एक टेलिभिजन कार्यक्रममा हो। हालै महाभारतका लागि काम गर्ने कलाकारहरुलाई यस कार्यक्रममा अतिथिको रुपमा आमन्त्रित गरिएको थियो।
तर उक्त कार्यक्रममा चर्चित पात्र भीष्म पितामहको भूमिका निर्वाह गर्ने मुकेश गएनन्। उनी किन कपिलको कार्यक्रममा गएनन् भनेर चौतर्फी प्रश्न उब्जिरहँदा आफूलाई उक्त कार्यक्रम नराम्रो लाग्ने मुकेशले बताएका छन्।
उनी शक्तिमान भन्ने टेलिभिजन कार्यक्रमका मुख्य पात्र थिए। पहिले यो कार्यक्रम भारतकै सबैभन्दा चर्चित कार्यक्रम थियो।
उनले इन्स्टाग्राममा भनेका छन्, ‘यो प्रश्न भाइरल भइसकेको छ कि कपिलको कार्यक्रममा भीष्म पितामह किन गएनन्? कसैले भन्छन् कि उनलाई निम्तो दिइएन। कतिले भन्छन् कि उनले अस्विकार गरे। यो साँचो हो कि महाभारत भीष्मबिना अधुरो छ। यो साँचो हो कि निम्तो नदिने त प्रश्न नै उठ्दैन। यो पनि साँचो हो कि मैले निम्तो अस्विकार गरेँ।’
उनी भन्छन्,‘कपिलको कार्यक्रम देशभरी चर्चित छ तर मलाई योभन्दा वाहियात अरु कुनै लाग्दैन। मूर्खताले भरिएको, दोहोरो अर्थ भएको र प्रत्येक पल अश्लीलतातर्फ मोडिएको यो कार्यक्रममापुरुषले महिलाको कपडा लगाउँछन् र मानिसहरु पेट समातेर हाँस्छन्।’
यस कार्यक्रममा हाँस्यव्यंग्यको स्तर निकै तल्लोस्तरको रहेको पनि उनको भनाइ छ। एजेन्सी
A post shared by Mukesh Khanna (@iammukeshkhanna) on
प्रतिक्रिया