ad ad

कला


रिया चक्रवर्ती जमानतमा छुटिन्, तर उनका भाई सौविक अझै हिरासतमा

रिया चक्रवर्ती जमानतमा छुटिन्, तर उनका भाई सौविक अझै हिरासतमा

नेपालखबर
असोज २१, २०७७ बुधबार ६:२१,

रिया सुशान्तकी प्रेमिका थिइन्। मुम्बईको उच्च अदालतले चक्रवर्तीलाई जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन्।

यद्यपी उनका भाई सौविक चक्रवर्ती भने अझै हिरासतमा छन्। उनको जमानत अदालतले अस्वीकार गरेको हो।

सीआईबीले सुशान्तको मृत्युको घटनाबारे अनुसन्धान गर्दै जाँदा त्यहाँ लागूपदार्थको धन्दाको विषयहरु खुल्न थालेपछि भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले रियासहित उनका भाईलाई हिरासतमा लिएको थियो।

रियाको च्याटबाट सुशान्तले ड्रग्स लिने गरेको र रियाले लागुपदार्थ ओसार पसार गर्ने गरेको पाइएको थियो। यस कार्यमा रियाका भाई पनि संलग्न भएको बताइएको छ।

एनसीबीले दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरजस्ता चर्चित कलाकारलाई सुशान्त र लागुपदार्थको बारेमा सोधपुछ गरेको थियो।

रिया जमानतमा छुटेपनि उनलाई अदालतले केही सर्तहरु प्रस्तुत गरेको छ। जसअनुसार रियाले अदालतको आदेश बिना देश बाहिर जान पाउने छैनन्।

अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश सावन्तलाई पछि जमानतमा छाडेको बताइएको छ। तर ड्रग डिलर भनिएका अब्दुल परिहाकलाई भने जमानतमा छाड्न अस्वीकार गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .