चर्चित भारतीय अभिनेता सञ्जय दत्ताई क्यान्सर भएको छ। उनले आफूलाई फोक्सोमा क्यान्सर भएको पुष्टि गरेका छन्।
भारतीय सञ्जारमाध्यमले ६१ वर्षीय दत्तको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए। यही क्रममा उनलाई क्यान्सर भएको पुष्टि भएको हो। मुम्बईस्थित लीलावती अस्पतालमा गरिएको परीक्षणमा उनलाई क्यान्सर भएको पुष्टि भएको हो।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ पोष्ट गर्दै ६१ वर्षीय दत्तले आफूले चाँडै क्यान्सरलाई परास्त गर्ने विश्वास व्यक्त गरेका छन्।
क्यान्सरलाई परास्त गरेर आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन सुरु गर्ने पनि उनले बताएका छन्। अहिलेसम्म उनले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।
सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रशंसकहरूलाई चिन्ता वा अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन्।
आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन्।
‘यो मेरो जीनवको आलो दाग हो। तर म यसलाई परास्त गर्छु। म क्यान्सरबाट चाँडै मुक्त हुन्छ,’ दत्तले भने।
Shares
प्रतिक्रिया