ad ad

कला


हलिउडका महान अभिनेता सन कनरीको निधन

हलिउडका महान अभिनेता सन कनरीको निधन

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १४:३,

जेम्स बन्डको भूमिका निर्वाह गर्ने लिजेन्ड अभिनेता सर सन कनरीको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ।

ब्रिटिस खुफिया एजेन्ट जेम्स बन्ड हालसम्म पनि हलिउडमा सबैभन्दा बढी रुचाइएको पात्रमध्ये एक हो। जेम्स बन्डलाई पहिलोपटक पर्दामा ल्याउने उनले यस भूमिकामा सात फिल्म खेलेका थिए।

१९६२ देखि १९८३ सम्म कनरी अभिनित यी फिल्मले पर्दामा राज गरेका थिए। यो एक जासुसी फिल्म सिरिज हो। यो फिल्म प्रख्यात अंग्रेजी उपन्यासकार इयान फ्लेमिङद्धारा रचित जेम्स बन्ड उपन्यासमा आधारित छ।

००७ गुप्त नामले परिचित जेम्स बन्ड ब्रिटिस खुफिया एजेन्टका लागि काम गर्ने हुन्छन। इंग्ल्याण्ड र बेलायतलाई विभिन्न खतराबाट जोगाउन उनी खतरासँग खेल्छन। सो क्रममा मदिरा, युवतीको रंगीन दूनियामा मस्त बन्डको अभिनयलाई कनरीले अविस्मरणीय बनाएका थिए।

द अनटचेबल्स फिल्ममा एक आइरिस प्रहरीको भूमिकाका लागि उनलाई १९८८ ओस्कार अवार्ड समेत दिइएको थियो।

बेलायती महारानी एलिजाबेथले उनलाई ‘सर’को उपाधि समेत दिएकी थिइन।

१९६२ मा डा. नो फिल्ममा उनले पहिलोपल्ट जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए। जेम्स बन्डका निर्माताद्धय माइकल वुल्सन र बार्बरा ब्रोक्कलीले कनरीको निधनबाट विक्षिप्त भएको बताएका छन।

उनको निधनमा स्कटल्याण्डकी पहिलो मन्त्री निकोला स्टुरजेनले देशले सबैभन्दा बढी मायाँ गर्ने छोरा गुमाएको बताएकी छिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .