ad ad

कला


पछि हटे भिटेन, संशोधनसहित आउने भो 'पारा'

पछि हटे भिटेन, संशोधनसहित आउने भो 'पारा'

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १५:३५,

नयाँ र्‍याप गीत 'पारा'मा आपत्तिजनक शब्दहरु प्रयोग गरेपछि विवादमा आएका र्‍यापर भिटेन (समिर घिसिङ)ले संशोधनसहित नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने भएका छन।

भिटेनले एक विज्ञप्ति जारी गर्दै गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने बताएका हुन्।

'सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,' विज्ञप्तिमा उनले भनेका छन्, 'उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।'

यसअघि उनको गीतमा अश्लिल शब्दहरु प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो।

विवादमा आएपछि १३ गतेबाट नै उक्त गीत भिटेनले हटाएका थिए। अपलोड गरेलगत्तै उनको गीत  युट्युबको ट्रेण्डिङमा आएको थियो।

अब भने चाँडै नै संशोधनसहित नयाँ म्यूजिक भिडियो अपलोड गरिने उनले जनाएका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .