ad ad

कला


बलिउड क्विन तथा प्रखर वक्ता कंगनाले काम नभएपछि सरकारलाई तिर्न सकिनन् कर

बलिउड क्विन तथा प्रखर वक्ता कंगनाले काम नभएपछि सरकारलाई तिर्न सकिनन् कर

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ७:५०,

क्विन चलचित्रपछि चौतर्फी प्रशंसा बटुलेकी कंगनालाई बलिउड क्विनको नामले चिनिन्छ भने उनलाई प्रखर वक्तासमेत भनिन्छ।

किनभने उनी देशका समसामयिक विषयमा आफ्नो धारणा राखि रहन्छिन्। सुशान्त सिंह राजपुतको आत्महत्यापछि उनले बलिउडमा व्याप्त नेटोटिज्मको विषयमा चर्को आवाज उठाउँदै आएकी छिन्। कहिलेकाहीँ भने उनको भनाइ विवादमा पर्ने गरेको पनि छ।

कोरोना प्रकोपबीच उनले अहिले आफूले कर तिर्न नसकेको बताएकी छिन्। इन्स्टाग्राम स्टोरिमा उनले आफूले गतवर्षको आधावर्षको कर तिर्न नसकेको उल्लेख गरेकी छिन्।

उनले भनेकी छिन्,‘म आफ्नो कमाईको ४५ प्रतिशत कर तिर्छु, म अत्यधिक कर तिर्ने अभिनेत्री भएता पनि काम बन्द भएपछि मैले गतवर्षको आधा कर तिर्न सकेको छैन। जीवनमै पहिलोपटक यस्तो भएको छ।’

कंगना अभिनित चलचित्र ‘थालिदेवी’ यतिबेला रिलिज हुने क्रममा छ। अप्रिल २३ मा रिलिज हुने भनिएको चलचित्र कोरोनाका कारण पछाडि धकेलिएको छ।

कोरोनाले कंगनालाई मात्र नभएर भारतभर तथा विश्वभर नै ठूलो आर्थिक समस्या निम्त्याएको छ। इन्डियन एक्सप्रेस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .