ad ad

कारोबार


इम्बोस्ड नम्बर प्लेट विवाद सर्वोच्चले फुकायो, रिट खारेज

इम्बोस्ड नम्बर प्लेट विवाद सर्वोच्चले फुकायो, रिट खारेज

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १२:३८,

सर्वाेच्च अदालतले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी रिट खारेज गरिदिएको छ। सर्वाेच्च अदालतको संवैधानिक इजलासले विवादसम्बन्धी रिट खारेज गरेको हो।

भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले रिट दायर गरेका थिए। अधिवक्ताद्वयले २०७४ फागुन ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत यातायात व्यवस्था कार्यालयविरुद्ध रिट दायर गरेका थिए। इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग भएको भन्दै राष्ट्रिय पहिचान मेटिएको आरोप लगाएका थिए।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सहितका पाँच जना न्यायाधीशले रिट खारेज गरेका हुन्। रिट खारेजसँगै इम्बोस्ड जडान गर्ने बाटो खुलेको छ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले अमेरिकी र बंगलादेशको संयुक्त कम्पनी डेकाटोर टाइगरसँग २०७३ वैशाखमा सम्झौता गरेका थिए। सवारीसाधनलाई व्यवस्थित गर्न भन्दै विभागले अत्याधुनिक प्रविधिको इम्बोस्ड नम्बर प्लेट छपाइ गर्न सम्झौता गरेको थियो ।

उक्त कम्पनीसँग ५ वर्षभित्र २५ लाख यातायातका साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने सम्झौता भएको थियो ।

विभागले पहिलो चरणमा प्रदेश ३ मा दर्ता भएका केही सरकारी र निजी सवारी साधनबाट इम्बोस्ड नम्बर प्लेट जडान गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .