हङकङ प्रहरीले एक सय ७० मिलियन हङकङ डलर (करिब दुई अर्ब ५७ करोड रुपैयाँ) मूल्य बराबरको लागू औषधसहित फानलिङबाट आइतबार एक पाकिस्तानी र एक बंगलादेशी मूलका नागरिक पक्राउ गरेको छ।
उनीहरूले कारोबार गर्ने उद्देश्यले फलफुलको जुसको डिब्बामा हिरोइन र केटामाइनसहित १७८ किलो लागू औषध राखेको भेटिएको प्रहरीले जनाएको छ।
‘यो वर्षकै यो सबैभन्दा ठूलो लागू औषध काण्ड हो’, ती प्रहरी अधिकारीलाई उधृत गर्दै द स्ट्याण्डर्डले लेखेको छ।
दुवै जनालाई फानलिङ मजिष्ट्रेट अदालतमा प्रस्तुत गरिएको छ।
3
Shares
प्रतिक्रिया