ad ad

रोचक


क्रिस्टी र सेनेकाले बनाए धेरै उचाइ अन्तर भएको जोडीको कीर्तिमान

क्रिस्टी र सेनेकाले बनाए धेरै उचाइ अन्तर भएको जोडीको कीर्तिमान

नेपालखबर
भदौ २७, २०७९ सोमबार १४:२, काठमाडौँ

अमेरिकाको एक जोडीले सबैभन्दा धेरै उचाइ अन्तर भएको कीर्तिमान कायम गरेको छ।

गिनिज वर्ल्ड रेकर्ड्सले अमेरिकी जोडी क्रिस्टी चान्डलर र सेनेका क्रोर्सेट्टीले यो कीर्तिमान कायम गरेको जनाएको हो। उनीहरुबीचको उचाइको अन्तर झण्डै ३ फिट छ।

क्रिस्टीको उमेर ५ फिट ११.७४ इन्चका छन्। उनकी पत्नी सेनेकाको उचाइ ३ फिट २.२९ इन्च मात्र छ। 

यो कीर्तिमान यसअघि बेलायती जोडीको नाममा थियो। उनीहरुको उचाइमा २ फिटको अन्तर थियो। क्रिस्टीले बेलायती सबैभन्दा धेरै उचाइको फरक भएको जोडीको भिडियो हेरेपछि आफूहरुले त्यो कीर्तिमान तोड्न सक्ने भन्दै गिनिज बुक अफ रेकर्डस्को लागि आवेदन दिने निर्णय गरेका थिए।

यद्यपि उनलाई गिनिज बुक अफ रेकर्डसमा आफूहरुको नाम पनि दर्ता हुन्छ भन्ने लागेको भने थिएन। 

गिनिज बुक अफ वर्ल्ड रेकर्डसले उल्लेख गरेअनुसार उनीहरुको भेट विद्यालयमा भएको थियो, जहाँ क्रिस्टी कलाका शिक्षक थिए भने सेनेका गणित पढाउँथिन्।

सेनेका कुनै पनि सम्बन्धमा एकअर्काको मनको कुरा शेयर गर्नु जरुरी रहेको बताउँछिन्। मनको सबै कुरा एकअर्कालाई शेयर गर्ने हो भने बाँकी अन्य कुराले भने खासै ठूलो अर्थ नराख्ने सेनेकाको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .