ad ad

रोचक


पतिलाई आफ्नो वशमा राख्न महिलाले ज्योतिषीलाई दिइन् साढे ९४ लाख

पतिलाई आफ्नो वशमा राख्न महिलाले ज्योतिषीलाई दिइन् साढे ९४ लाख

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ११:११, काठमाडौँ

अन्धविश्वासको प्रभावबाट शिक्षित मानिस पनि अछूत छैनन्।

भारतको मुम्बईमा एक महिलाले आफ्ना व्यवसायी पतिलाई आफ्नो नियन्त्रणमा लिन ज्योतिषीलाई ५९ लाख भारु अर्थात् ९४ लाख ४० हजार नेपाली रुपैयाँ बुझाएकी छन्। टाइम्स अफ इन्डियाका अनुसार यो घटना मुम्बईको पवईको हो।

एक व्यवसायीले आफ्नी पत्नीका पूर्वप्रेमी र ज्योतिषीविरुद्ध धोकाधडी र बेइमानी गरेर पैसा लिएको आरोपमा मुद्दा दायर गरेका थिए।

उनका अनुसार ज्योतिषी र महिलाका पूर्व प्रेमीले मिलेर महिलालाई ‘काला जादू’को नाममा पतिलाई उनको वशमा राखिदिने आश्वासन दिएर २४ लाख भारु नगद र ३५ लाख भारु पर्ने सुन लिएका थिए। 

पवई प्रहरीका अनुसार शनिबार बादल शर्मा नाम गरेका ज्योतिषी र महिलाका पूर्वप्रेमी परेश गडाविरुद्ध धोकाधडी तथा विश्वासघातको माध्यमबाट पैसा लिएको आरोपमा मुद्दा दायर भएको छ।

व्यवसायीले आफ्ना कर्मचारीहरुलाई बोनसको रुपमा दिन लागेको पैसा पत्नीले ज्योतिषीलाई दिएकी थिइन्। 

प्रहरीका अनुसार महिलाले इन्स्टाग्रामको एक विज्ञापनबाट ज्योतिषीलाई सम्पर्क गरेकी थिइन्।

महिलाका अनुसार पतिले आफ्ना दाजुभाइ  र परिवारका अन्य सदस्यको कुरा मात्र सुन्ने भएकाले उनलाई आफ्नो वशमा ल्याउन ज्योतिषीलाई पैसा दिएको उल्लेख गरेकी छन्। 

प्रहरीले यो घटनाको सम्बन्धमा एकजनालाई पक्राउ गरिएको र यसबारे अनुसन्धान पनि भइरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .