अहिले भारतमा गर्मीको मौसम छ। चर्को गर्मीले त्यहाँका मानिस त्रसित र हायलकायल छन्।
गर्मीबाट बच्न मानिसहरू अनेक जुगाड गरिरहेका छन्। तर एक जोडीले भने सडकमा चल्दाचल्दैको स्कुटरमा नुहाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडिओमा बीच सडकमा जाममा एक स्कुटर रोकिएको छ। स्कुटर हाँकिरहेका छन् गञ्जी मात्रै लगाएका युवक, कुर्थासुरुवाल लगाएकी युवती पछाडि मग र बाल्टी बोकेर बसेकी छन्। जहाँ केटी आफैँ मगले नुहाइरहेकी छन् भने केटालाई नुहाइदिइरहेकी छन्।
नुहाउने क्रममै स्कुटर पनि चलिरहेको देख्न सकिन्छ। जाम खुलेपछि उनीहरू नुहाउँदै स्कुटरमा आफ्नो बाटो लागेको देख्न सकिन्छ।
भाइरल भिडिओ @Iamjustme_00 ट्विटर आईडीबाट शेयर गरिएको छ। भिडिओको क्याप्सनमा लेखिएको छ: गर्मी...गर्मी...
भिडिओ सामाजिक सञ्जालमा हजारौँले हेरेका छन्। धेरैले रमाइला कमेन्ट पनि गरेका छन्।
जेठ ८, २०८०, साेमबार
प्रतिक्रिया