ad ad

रोचक


उडिरहेको जहाजमा यात्रुले ‘आकस्मिक ढोका’ खोलेपछि (भिडिओ)

उडिरहेको जहाजमा यात्रुले ‘आकस्मिक ढोका’ खोलेपछि (भिडिओ)

नेपालखबर
जेठ १६, २०८० मंगलबार १०:३, काठमाडौँ

केही दिनयता सामाजिक सञ्जालमा उडिरहेको जहाजमा एक यात्रुले 'आकस्मिक ढोका' खोलेपछि जहाजभित्रका अरुले पाएको दु:खको भिडि‌ओ सामाजिक सञ्जालमा देखिइरहेको छ। जहाँ, वेगले आएको हावाले यात्रुलाई निकै पीडा भएको देख्न सकिन्छ।

घटना दक्षणि कोरियाको हो। शुक्रबार दक्षिण कोरियाको एसियाना एयरलाइन्सको उडानमा एक यात्रुले आकाशमा उडिरहेको विमानको ढोका अचानक खोलिदिए। आकस्मिक ढोका खोलेपछि जहाज खतरनाक स्थितिमा पुगेको थियो। तर उडान अवतरण हुन २ मिनेट मात्र बाँकी रहेकाले ठूलो क्षति भने भएन।

ढोका खुल्दा विमान जमिनबाट २ सय मिटर उचाइमा थियो।

विमान सकुशल अवतरण भए पनि धेरै यात्रुलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। ९ जना यात्रुलाई अस्पताल भर्ना गरिए एसियाना एयरलाइन्सले जनाएको छ।

विमान अवतरणपछि इमर्जेन्सी द्वार खोल्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। ती यात्रुले केही समयअघि आफूले जागिर गुमाएकाले आफू 'डिप्रेसन'मा रहेको र त्यही कारण ढोका खोलेको  बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .