ad ad

रोचक


हिउँमा चिप्लिएर लडेपछि पाकिस्तान पुगे भारतीय सेना!

हिउँमा चिप्लिएर लडेपछि पाकिस्तान पुगे भारतीय सेना!

नेपालखबर
पुस २९, २०७६ मंगलबार ७:१०,

भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेना हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएका थिए।

जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र हराएको खबर आएको थियो।

केहि दिनपछि राजेन्द्र भारत पाकिस्तान सिमानामा गस्ती गरिरहेको समयमा हिउँबाट चिप्लिएर लड्दा दुर्घटनाबस पाकिस्तानको भूमिमा प्रवेश गरेको पत्ता लाग्यो।

समाचार संस्था एएनआइका अनुसार यतिबेला भारतीय सेनाले राजेन्द्रलाई भारत फर्काउने प्रयास गरिरहेको छ।

देहरादुनका राजेन्द्र सन् २००२ मा भारतीय सेनामा भर्ती भएका थिए। हाल उनी पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .