पोथी अजिंगरले अण्डा पार्नु स्वभाविक प्रक्रिया हो।
तर १५ वर्षसम्म भालेको सम्पर्कमा नआएको अजिंगरले अण्डा पारेपछि भने उक्त चिडिया घरका कर्मचारीहरु चकित बनेका छन्।
यस बल पाइथन प्रजातिको अजिंगर सन् १९६१ देखि सेन्ट लुइसको चिडिया घरमा छ। गत जुलाई २३ मा उक्त अजिंगरले अण्डा पारेको बाइएको छ।
हाल ६२ वर्ष भएको यस पोथी अजिंगरले अण्डा पारेपछि चिडिया घरका अधिकारीरुहले विश्वास नलागेको बताएका छन्।
तर उक्त चिडिया घरका वैज्ञानिक मार्क वानरका अनुसार बल पाइथनले प्रजनन् नगरी पनि सन्तान उत्पादन गर्नसक्छन्।
वानरका अनुसार कोमोदो ड्र्यानग, सर्प तथा अन्य सरीसृपहरू पनि प्रजनन् बिना नै सन्तान उत्पादन गर्न सक्षम छन्। सीएनएन
प्रतिक्रिया