रोचक


खर्च जोगाउन ६ छोराछोरीको एकसाथ बिहे

खर्च जोगाउन ६ छोराछोरीको एकसाथ बिहे

नेपालखबर
बैशाख ८, २०८२ सोमबार २१:१७, काठमाडौँ

बढ्दै गएको महँगीमा खर्च जोगाउन भारतीय राज्य हरियाणाको हिसार जिल्लामा एउटा अनौठो विवाह सम्पन्न भएको छ। 

दुई किसान दाजुभाइ राजेश पुनिया र अमर सिंह पुनियाले आफ्ना ६ जना छोराछोरीको विवाह एकै ठाउँमा फरक-फरक मण्डप बनाएर गराएका हुन्। 

नवभारत टाइम्सका अनुसार दुई दिनसम्म चलेको विवाह अप्रिल १८ मा सुरु भएको थियो। दुई छोराको विवाह गरेको भोलिपल्ट चार छोरीहरूको विवाह गरिएको थियो। 

पुनिया परिवारको यो निर्णय गाउँमा छलफलको विषय बनेको मात्र होइन, सामाजिक सञ्जालमा पनि भाइरल भयो।

यस विवाहको सबैभन्दा विशेष कुरा के थियो भने ६ वटा विवाहका लागि एउटै निमन्त्रणा कार्ड छापिएको थियो। सबै विवाह एउटै ठाउँमा फरक-फरक मण्डपमा गरिएका थिए। 

परिवारका अनुसार यसले उनीहरूलाई लाखौँ रुपैयाँ बचत भएको छ।

अमर सिंह पुनियाले भने, ‘यदि हामीले छुट्टाछुट्टै विवाह गरेको भए खर्च धेरै हुने थियो र यो दिक्कलाग्दो पनि हुने थियो। सबै पाहुना एकैचोटि सामेल भए।

विवाहमा सहभागी सयौँ पाहुना यो अनौठो विवाहबाट छक्क र खुसी दुवै भएका थिए। यो विवाहको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले यो विवाहलाई बजेटमैत्री भनेका छन् भने कतिपयले निकै अनौठो मानेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad