ad ad

गण्डकी


फेवातालमा डुंगा पल्टिदा घाइते भएकी वृद्धाको मृत्यु

फेवातालमा डुंगा पल्टिदा घाइते भएकी वृद्धाको मृत्यु

फाइल।


नेपालखबर
फागुन २०, २०७९ शनिबार १९:१२, पोखरा

पोखराको फेवातालमा शनिबार भएको डुंगा दुर्घटना परी एक वृद्धाको निधन भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १ की ७० वर्षीया याममाया गिरी रहेकी छन्। 

शनिबार साढे चार बजेको समयमा पोखरामा अचानक हावाहुरी चल्दा उनी सवार डुंगा दुर्घटनामा परेको थियो।

डुंगाले च्यापिएकी उनको सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार हावाहुरीले दुईवटा डुंगा र चार वटा कायाक (एक जना मात्र बस्न मिल्ने) पल्टाएको थियो।

दुईवटा डुंगामा ६ जना सवार थिए। डुंगा घोप्टिएसँगै तालमा डुबेका १० जनाकै फेवातालमै रहेको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा रहेका गोताखोर सहितको टोलीले उद्धार गरेका थिए। 

चैत–वैशाखको समयमा चल्ने हावाहुरीले वर्षेनी फेवातालमा हुने नौकाविहारलाई प्रभावित बनाउँछ।

सराङकोट र पुम्दीकोटको खोंचमा रहेको फेवामा छाल आउँछ र त्यो छालले डुंगा पल्टाउने गर्छ।

दुर्घटनाको जोखिम आंकलन गर्दै त्यहाँ सशस्त्र प्रहरीले गोताखोरसहितको टावर स्थापना गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .