ad ad

गण्डकी


जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना

जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना

नेपालखबर
फागुन २१, २०७९ आइतबार १७:६, काठमाडौँ

राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन भएका छन्। सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई अध्यक्ष चयन गरेको हो। 

सम्मेलनले ढुंगानाको अध्यक्षतामा ३५ पूर्ण, ११ वैकल्पिक तथा ११ जना सल्लाहकारसहितको नयाँ जिल्ला समिति चयन गरेको हो । नवनिर्वाचित ढुंगाना जिल्ला समन्वय समिति बागलुङका निवर्तमान अध्यक्ष हुन्। 

उपाध्यक्षमा गण्डकी प्रदेशका पूर्वसांसद खिमविक्रम शाही चयन भएका छन् भने सचिवमा भीमलाल पोखरेल दोहोरिएका छन्। सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन्।

सदस्यहरुमा कृष्ण पौडेल, नेत्र बहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिल बहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरि बहादुर थापा, लोकनाथ शर्मा, तिर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, विष्णु बस्नेत, पनबहादुर विक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टिकासंगम विक, खडक विक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र इश्वरमान विक चयन भएका छन्।

वैकल्पिक सदस्यमा प्रेम प्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन भएका छन्।

यस्तै, सल्लाहकारहरुमा अमर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आर।सी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टिकाराम शर्मा चयन भएका छन्।

सम्मेलनको उद्घाटन फागनु १९ गते अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए।

यसअघिका तीनवटा सम्मेलनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .