ad ad

गण्डकी


वित्तीय सुशासनमा पोखरा कास्कीकै कमजोर

वित्तीय सुशासनमा पोखरा कास्कीकै कमजोर

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १८:५८, पोखरा

पोखरा महानगरपालिका वित्तीय सुशासनको मामिलामा कास्कीकै सबैभन्दा कमजोर देखिएको छ। 

आर्थिक वर्ष २०७८/०८९ लाई आधार मानेर जिल्ला समन्वय समिति कास्कीले गरेको वित्तीय सुशासन जोखिम मूल्यांकन नतिजामा पोखरा पुछारमा परेको हो । स्थानीय तहको वित्तीय जोखिम मूल्यांकन कार्यविधिले तोकेका ११८ वटा सूचकलाई आधार मान्दा पोखराले एक सय पूर्णांकमा ४३ अंकमात्र प्राप्त गर्यो। 

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लिलाधर पौडेलका अनुसार अन्नपूर्ण गाउँपालिकाले ७० अंक प्राप्त गर्दा, रुपाले ६४.५,माछापुच्छ्रेले ५४ र मादीले ५३ अंक प्राप्त गरे। उनले कास्कीमा रहेका पालिकाहरुको कार्यसम्पादन क्षमता वृद्धि गर्न र सुशासन कायम गराउने दिशामा अगाडि बढाउन यो नतिजा मार्गनिर्देशक हुने धारणा राखे।

‘वित्तीय अनुशासनको लागि राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीहरुको बराबर भूमिका हुन्छ,’उनले भने,‘वित्तीय सुशासनको लागि सदाचार जरुरी हुन्छ।’

जिल्ला समन्वय समितिलाई दिइएको अधिकार प्रयोग गर्दै देशमै पहिलो पटक वित्तीय सुशासन जोखिम मूल्यांकन गरिएको सुनाउँदै उनले भने,‘पालिकाहरु वित्तीय सु्शासनमा कमजोर देखिएका छन्, सुधार जरुरी छ ।’

मूल्यांकन विधि 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७७ ले प्रक्रिया,नतिजा र वित्तीय अनुशासनको जोखिमलाई मुख्य तीन सूचक मानेर मूल्यांकनको प्रक्रिया अगाडि बढाउँछ।

प्रक्रियाको जोखिममा कानूनी प्रक्रिया उल्लंघन,नतिजाको जोखिममा योजनाबाट जनताको जीवनस्तर परिवर्तन नहुने अवस्था तथा वित्तीय जोखिममा सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभमा प्रयोग हुने अवस्थालाई दर्शाउँछ।

तीमध्ये प्रक्रियागतमा ५३,नतिजामा १३ र वित्तीय अनुशासनमा ५४ अंकभार कायम गरिएको हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .