पोखरा-१८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् भने आक्रमण गर्ने चितुवा मरेको अवस्थामा फेला परेको छ।
सोही ठाउँमा ध्रुव थापालगायत ७ जनाले सञ्चालन गरिरहेको तुल्सीकुञ्ज कालिज फर्ममा आज बिहान पौने ८ बजेतिर चितुवा पसेको थियो।
फर्ममा पसेर २ वटा कालिज मारेको थियो भने त्यहाँ काम गर्ने कास्की रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरीलाई आक्रमण गरी घाइते बनाएको थियो।
होहल्लापछि फर्मबाट बाहिर निस्केको सो चितुवाले सोही ठाउँका ३२ वर्षीय राजेश तिमिल्सिनालाई समेत आक्रमण गरेको वडा कार्यालय बैदाम कास्कीले जनाएको छ।
उनीहरुको अवस्था सामान्य छ। प्रहरीले चितुवा नियन्त्रणको प्रयास गरिरहँदा मृत भेटिएको जिकिर गरेको छ।
18
Shares
प्रतिक्रिया