गण्डकी


पोखरा महानगरले बिक्री नभएका फूल र मालालाई २० रुपैयाँ प्रोत्साहनरुवरुप दिने

पोखरा महानगरले बिक्री नभएका फूल र मालालाई २० रुपैयाँ प्रोत्साहनरुवरुप दिने

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार २०:३४, काठमाडौँ

पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म  श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप २० प्रदान गरिने भएको छ। 

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला २० का दरले प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।
    

‘किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला २० का दरले एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .