गण्डकी


आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान

आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:१, पोखरा

पोखरामा तीनजना पत्रकारलाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षद्वय माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन्।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पोखरामा आयोजित समारोहमा उनीहरुलाई सम्मानित गरे।

पुरस्कारको राशी नगद १ लाख ११  हजार १११ रुपैयाँसहित सम्मानपत्र रहेको छ।

सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले पत्रकारहरुलाई अझ बढी रचनात्मक हुन आग्रह गरे।

पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसी तथा उनकी धर्मपत्नी प्रेमकुमारी केसी संस्थापक रहेको सूर्य–प्रेम बहुउद्धेश्यीय समाज सेवा ट्रष्टले स्थापना गरेको यो सम्मानको सञ्चालन नेपाल पत्रकार महासंघ कास्की शाखाले गर्दै आइरहेको छ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभएको तर छाडातन्त्र र गलत प्रवृत्तिलाई नियमन गर्नुपर्ने पक्षमा रहेको बताए।

नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने पत्रकारहरुले सरकारले आमसञ्चारसम्बन्धी कानून बनाउन ढिला गरेकोमा गुनासो गरेका थिए। पत्रकारिता पेशा धरापमा पर्दै गएकोमा पनि उनीहरुको चिन्ता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .