गण्डकी


पोखरामा दूध बोक्ने गाडी पल्टिँदा चालकको मृत्यु, दुई महिला घाइते

पोखरामा दूध बोक्ने गाडी पल्टिँदा चालकको मृत्यु, दुई महिला घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १३:३९, पोखरा

पोखरामा बुधबार बिहान दूध बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

प्रहरीका अनुसार बिहान सवा ९ बजेतिर पोखराको १८ नम्बर वडामा पर्ने मेथ्लाङबाट पोखराको मुख्य बजार क्षेत्र झर्दै गरेको ग ३ च २६०३ नम्बरको सिंगल क्याप बोलेरो गाडी चिसाखोला भन्ने ठाउँमा सडकबाट २० फिट तल खसेको हो।

दुर्घटनामा पोखरा १८ ग्यारजाती बस्ने ४९ वर्षीय चालक कृष्णबहादुर थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि  मणिपाल अस्पताल पठाइएकामा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ।

घटनामा पोखरा १८ ग्यारजाती  बस्ने ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाइते भएका छन्।

तीमध्ये हिमकलाको टाउकोमा तथा चन्द्रकलाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .