गण्डकी


विद्यार्थीलाई ग्लोबल आईएमईको डिजिटल साक्षरता

विद्यार्थीलाई ग्लोबल आईएमईको डिजिटल साक्षरता

नेपालखबर
फागुन ६, २०८० आइतबार १९:१३, पोखरा

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजीटल साक्षरता कार्यक्रम भएको छ। शब्दहरूको उत्सव, स्रष्टाहरुको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजीटल साक्षरता प्रदान गरिएको हो।

ग्लोबल आइएमईमी बैंकका रिलेशनसीप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजीटल बैंकिङको बारेमा सहजीकरण गरे।

सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङको फाइदाबारे चर्चा गरे। डिजिटल युगमा डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो।

उनले मोबाइल बैंकिङमार्फत् विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाएको बताए।

‘स्कुलको फि पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौं। बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नुपर्दैन। घरमै बसेर मोबाइल बैंकिङमार्फत स्कुलको खातामा फि तिर्न सकिन्छ,’ सिंहले भने।

यो सेवाले अभिभावकको समयको बचतसँगै समयमै शुल्न तिर्न सहज हुने उनको विश्वास छ।

मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए।

‘मोबाइल बैंकिङ भएपछि अरुको फ्रड गर्छ कि अफ्ठ्याराहरु पर्छ की भन्या जस्तो सोच्नु भएन। बायोम्याट्रिक, युजरनेम, पासवर्ड, ओटिपीबाट सुरक्षा प्रदान गरिरहेका छौं,’ सिंहले विश्वस्त बनाए।

उनले ओटीपी कोर्ड, पासवर्ड, पीन नम्बर र सुरक्षा प्रश्नहरु अरुमाझ नबाँड्न सिंहले अनुरोध गरे।

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवातर्फ मोबाइल बैंकिङ, इन्टरेट बैंकिङ, क्युआर कोड पेमेन्ट, डेबिट र क्रेडिट कार्ड, ट्राभल कार्ड, इकम कार्ड, मिस्डकल बैंकिङ र भाइबर बैंकिङ सेवा दिँदै आइरहेको छ।

‘क’ वर्गको ग्लोबल आईएमईले ३५६ शाखामार्फत सेवा दिँदै आइरहेको छ। २७८ एटीएमसहित विदेशबाट समेत प्रादेशिक कार्यालयमार्फत सेवा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .