गण्डकी


अदालतको ठहर: १७ वर्षका २ किशोरसहित ३ जनाले बलात्कार गरेपछि पत्नीको हत्या

अदालतको ठहर: १७ वर्षका २ किशोरसहित ३ जनाले बलात्कार गरेपछि पत्नीको हत्या

नेपालखबर
चैत २३, २०८० शुक्रबार १९:२२, दमौली (तनहुँ)

पैँतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी र हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले श्रीमान्‌सहित ४ जनाविरुद्ध कैद र जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार आँबुखैरेनी गाउँपालिका–६ बस्ने नारायण भन्ने समबहादुर भुजेल, सोही ठाउँका क्यानम भन्ने चन्द्रबहादुर भुजेल र दुई किशोरविरुद्ध कैद तथा जरिवाना तोकेको हो। 

समबहादुर भुजेलविरुद्ध १२ वर्ष कैद र रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार निजले मृतक महिलाका छोरालाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत भएको छ।

त्यस्तै चन्द्रबहादुर भुजेलविरुद्ध १० वर्ष कैद, रु एक लाख जरिवाना र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार पौडेलले बताए। चन्द्रबहादुर मृतक महिलाका श्रीमान् हुन्। 

सोही घटनामा संलग्न सोही ठाउँका १७/१७ वर्षीय दुई किशोरलाई जनही ८ वर्ष कैद फैसला भएको छ। ती दुई बालकलाई १२ वर्षको कैद सजाय भए पनि नाबालक भएका कारण चार वर्ष कैद मिनाहा भएको हो। 

समबहादुर भुजेल र २ किशोरले २०७८ फागुन २८ गते राति पीडितकै घरमा गई चन्द्रबहादुरलाई समातेर घर बाहिर लगी उनकी पत्नीलाई पालैपालो बलात्कार गरेको भनी पीडितकी छोराले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। मदिराले मातेकी महिलालाई उनीहरूले पालैपालो बलात्कार गरेको अदालतले ठहर गरेको छ। 

बलात्कार गरेर ती युवा भागेपछि घरभित्र गएका चन्द्रबहादुरले आफ्नै पत्नीले ती व्यक्तिहरूलाई बोलाएको आशङ्कामा ओदान अड्याउन राखेको ढुङ्गाले टाउकामा हानी हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

मृतक महिलाका छोराले २०७८ फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। यसपछि प्रहरीले चारैजनालाई २०७८ चैत १ गते पक्राउ गरेको थियो।

शव फागुन २९ गते दमौली अस्पतालमा परीक्षण भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले घटनामा संलग्न चारै जनाविरुद्ध २०७८ चैत २१ गते जिल्ला अदालतमा जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो। चारै जना जिल्ला अदालतको आदेशमा चैत २३ गतेदखि पुर्पक्षका लागि थुनामा थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .