गण्डकी


पोखरा महानगरमा कन्सल्टेन्सीमार्फत घुस : इन्जिनियर बरालसहित ३ जनाविरुद्ध मुद्दा

पोखरा महानगरमा कन्सल्टेन्सीमार्फत घुस : इन्जिनियर बरालसहित ३ जनाविरुद्ध मुद्दा

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १६:१, काठमाडौँ

पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सब-इन्जिनियर उषाकिरण रोकाया र कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उनीहरूले मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरले सेवाग्राहीबाट महानगरका इन्जिनियरको निर्देशानमा घुस उठाउने गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ।

महानगरमा कार्यरत सब-इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने नाममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको पोखरा कार्यालयको टोलीले गत चैत २८ गते नियन्त्रणमा लिएको थियो।

अख्तियारका अनुसार, कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरले २ लाख रूपैयाँ उषाकिरण रोकायालाई दिएको र उक्त रकम रोकायाले इन्जिनियर शिवप्रसाद बराललाई दिएको पाइएको छ। बरालले उक्त २ लाख रूपैयाँ आफ्नै नाममा रहेको बैँक खातामा जम्मा गरेको अनुसन्धानले देखाएको छ। बाँकी डेढ लाख रूपैयाँ घुस कुँवरले आफैसँग राखेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .