ad ad

गण्डकी


गण्डकीको बजेटमा राप्रपाको छायाँ : पोखरामा पृथ्वीनारायणको सालिक बन्ने

गण्डकीको बजेटमा राप्रपाको छायाँ : पोखरामा पृथ्वीनारायणको सालिक बन्ने

नेपालखबर
असार १, २०८१ शनिबार १७:२६, पोखरा

गण्डकी सरकारले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा एकता दिवस मनाउने घोषणा गरेको छ। यस्तै गण्डकी सरकारले पोखरामा पृथ्वीनारायण शाहको सालिक निर्माणको घोषणा पनि गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले राप्रपालाई रिझाउनकै लागि बजेटमार्फत् यो घोषणा गरेको हो।

२ सांसद रहेको राप्रपाको समर्थन बिना गण्डकीमा पाण्डे नेतृत्वको सरकार सम्भव थिएन। गण्डकीका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले शनिबार बजेट वक्तब्यमार्फत् एकता दिवस र पोखरामा पृथ्वीनारायणको सालिक बनाउने घोषणा गरेका हुन्।

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको सालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटक–पटक सालिक स्थापनाको जमर्को गर्दै आइरहेको थियो।

अहिले त्यहाँ नेपालका प्रथम शहीद लखन थापाको सालिक छ। तर, विरोधका कारण त्यो अभियान सफल भएको छैन।

अर्थमन्त्री गुरुङले सालिक स्थापना गर्ने भने पनि त्यो कहाँ भन्ने चाहिँ प्रष्ट भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .