ad ad

गण्डकी


सुतिरहेका बेला घरमा पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार

सुतिरहेका बेला घरमा पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार

घटनास्थल


नेपालखबर
असार २६, २०८१ बुधबार ८:४०, पोखरा

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ मा सुतिरहेका बेला घरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माका अनुसार बुधबार बिहान ४ बजेतिर पोखरा–२७ को सहेलपाटा भन्ने ठाउँमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। 

स्थानीय ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट खसेको पहिरोमा परी उनका छोरा भीमबहादुको मृत्यु भएको हो। 

भीमबहादुरकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको डीएसपी शर्माले बताए। 

‘घरभित्र आमा र छोरा सुतिरहेका बेला पहिरोले बगाएको रहेछ’, डीएसपी शर्माले नेपालखबरसँग भने, ‘छोरा (भीम) मृत फेला परे भने आमा (कमला) को भने सकुशल उद्धार भयो।’

घरमूली मनबहादुर भने घरमा नरहेकाले जोगिएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .