ad ad

गण्डकी


कास्कीको मर्दी हिमाल क्षेत्रमा मान्छेको नलीहाड, ट्रयाक र मोबाइल फेला

पदयात्रामा गएका पर्यटकको भएको अनुमान
कास्कीको मर्दी हिमाल क्षेत्रमा मान्छेको नलीहाड, ट्रयाक र मोबाइल फेला

नेपालखबर
साउन १९, २०८१ शनिबार २१:२०, पोखरा

कास्कीको चर्चित मर्दी हिमाल पदयात्रा मार्गमा एकजना पदयात्रीको कंकाल फेला परेको छ।

माछापुच्छ्रे आधार शिविरनेरको लामडाँडा भन्ने ठाउँमा एउटा नलीहाड, बेसक्याम्पको लामडाँडा भन्ने ठाउँमा पर्यटकको नलीहाड,ट्रयाक र एउटा मोवाइल फेला परेको  माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।

गोठालाहरूले मोबाइल, त्यातिएको ट्रयाक र नलिहाड भेटेको र त्यो मोबाइल खोलेपछिमात्र त्यो नलीहाड कसको हो भन्ने पत्ता लाग्ने उनको भनाइ छ। 

सो क्षेत्रमा गएको पुस १४ गतेबाट हराएका स्वीडेनका नागरि मिचेल लिउ ब्लोमबर्गको अहिलेसम्म पत्तो छैन।

उनी हराएपछि हेलिकोप्टरसहित खोजी गर्दा पनि उनको केही पत्तो लागेको थिएन।

यस्तै सन् २०१८ देखि सो क्षेत्रको पदयात्रामा गएकी नेदरल्याण्डकी कोरी नाम गरेकी पर्यटक पनि हराइरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .