ad ad

ग्लोबल


पन्जसिरमा तालिबानविरुद्ध लड्ने जिम्मा खतरनाक यी ‘बाबा’लाई, १२ घण्टाभित्रै ५ सय तालिबानी मारिएको दाबी

पन्जसिरमा तालिबानविरुद्ध लड्ने जिम्मा खतरनाक यी ‘बाबा’लाई, १२ घण्टाभित्रै ५ सय तालिबानी मारिएको दाबी

नेपालखबर
भदौ १८, २०७८ शुक्रबार १६:१४, काठमाडौँ

अफगानिस्तानको पन्जसिर उपत्यकामा अहमद मसुदको नर्थन एलायन्सले एक जना यस्तो ‘बाबा’लाई तालिबानसँग लड्ने जिम्मेवारी दिएको छ, जसको नाम सुन्नासाथ तालिबानको सातो जान्छ। 

वास्तवमा ती बाबा अरू कोही नभएर कुनै बेला अफगानिस्तानमा आफ्नो सिक्का चलाएका अहमद शाह मसुदका दाहिने हात बनेका कमान्डर वाहिद हुन्। 

कमान्डर वाहिदसँग तालिबानविरुद्ध लडेको ३५ वर्षको अनुभव छ। वाहिदलाई माया गरेर नर्थन एलायन्सका लडाकु ‘बाबा जलन्दार’को नामले पनि चिन्छन्। बिहीबार राति कमान्डर वाहिदलाई पन्जसिरमा तालिबानसँग युद्ध गर्ने जिम्मेवारी दिइएको हो। 

नोर्थेन एलायन्सका अनुसार १२ घण्टाभित्रै झन्डै ५ सय तालिबान अलग अलग लडाइँमा मारिएका छन्। यसबीच धेरै तालिबानले आत्मसमर्पण गरेको नर्थन एलायन्सको दाबी छ। 

तालिबानविरुद्ध लडाइँमा रहेको नर्थन एलायन्सले बिहीबार राति युद्ध सुरु भएको घोषणा गरेको छ। 

नर्थन एलायन्सका अनुसार पन्जसिर उपत्यकामा पहिले पनि तालिबानलाई घुँडा टेक्न बाध्य पारेका कमान्डर वाहिद जलन्दारलाई फेरि एकपटक पन्जसिर बचाउने जिम्मेवारी दिइएको हो। ​

रजिस्टेन्स फोर्सका अनुसार अफगानिस्तानका तालिबानलाई साथ दिइरहेका पाकिस्तानका तालिबान र अफगान तालिबान गरी बिहीबार राति ४७० जना मारिइसकेका छन् भने ३९० जना घाइते भएका छन्। नर्थन एलायन्सको रेजिस्टेन्स फोर्सको दाबी छ– ४३ जनाभन्दा बढी आतंककारी उसको कब्जामा छ। 

पन्जसिर अफगानिस्तानको एउटा मात्र त्यस्तो प्रान्त हो, जसलाई तालिबानले राजधानी काबुलसहित देशका अन्य सबै प्रान्त कब्जा गरिसक्दा पनि आफ्नो नियन्त्रणमा लिन सकेको छैन। 

यो पनि :​ सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा

यो पनि : तालिबानविरुद्ध अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिको अडान अझै उस्तै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .