युरोपका ७ देश यतिबेला चर्को गर्मीको सामना गरिरहेका छन्।
बेलायतको इतिहासमै पहिलो पटक तापक्रम ४० डिग्री पुगेको छ। यसभन्दा पहिले सन् २०१९ मा त्यहाँको सर्वाधिक धेरै तापक्रम ३९.१ डिग्री मापन गरिएको थियो।
समाचार अनुसार फ्रान्स, इटाली, पोर्चुगल, स्पेन र ग्रिसमा गर्मी लगातार संकट बढाइरहेको छ।
गर्मीका कारण जंगलमा फैलिएको डढेलो नियन्त्रणमा कठिन भएको छ। डढेलो पनि त्यहाँको गर्मी बढाउने कारण भएको छ।
एक हफ्तामा स्पेन र पोर्चुगलमा १७ सयभन्दा धेरै मानिसको गर्मीले ज्यान गएको छ। मृत्य हुनेको संख्या अझै बढ्ने अवस्था छ।
बेलायतमामा गर्मीबाट सडकमा अलकत्र पग्लिन थालेको छ। गर्मीका कारण स्कुल बन्द गरिएको छ। यी देश एक किसिमले ठप्प नै भएका छन्।
बेलायतमा लिङ्ककन सायर र हिथ्रो एयरपोर्टमा पनि मंगलवार ४० डिग्रीभन्दा धेरै तापक्रम मापन भएको छ। ३३ स्थानमा तापक्रम ३८ डिग्री थियो।
मौसम विभागले राजधानी लण्डनसमेत मध्य, उत्तरी र दक्षिण-पूर्वी बेलायतका इलाकामा उच्च गर्मी भएर तातो हावा चल्ने भन्दै चेतावनी जारी गरेको छ।
लण्डनका कयौँ इलाकामा रेल सेवा प्रभावित भएको छ। मिडिल्यान्ड्स रेलवेले मानिसलाई घरमै बस्न अपील गरेको छ।
चेतावनीमा रेलवे ट्र्याक हावाको तुलनामा २० डिग्री धेरै तातो हुने बताइएको छ। तापक्रम अझै बढेमा रेलवे ट्रयाक पग्लिएर खुम्चिने बताइएको छ। लण्डनमा रेल २०० किलोमिटर प्रतिघण्टाले दौडिन्छन्। दुई दिनमै त्यहाँ तातो गर्मीका कारण १० जनाको ज्यान गएको छ।
तातो बढेसँगै अग्नि नियन्त्रक टोलीलाई कयौँ स्थानमा आगो लागेको खबर मिलेको छ। पूर्वी लण्डनको वेनिङ्गटनमा भीषण आगो लागेको छ। यहाँ यकौँ घर जलेर खरानी भए। ल्युटन एयरपोर्टमा धावन मार्ग मर्मतपछि मंगलवार फेरि उडान सुरु भएको छ।
स्पेन
स्पेनका ३६ स्थानमा जंगलभरी आगो फैलिएको छ। ७० हजार हेक्टर जंगल जलिसकेको छ। दक्षिण-पश्चिमी स्पेनमा तापक्रम ४४ डिग्री सेल्सियसमाथि पुगेको छ। देशका बाँकी भागमा ४० डिग्री छोइसकेको छ।
पोर्चुगल
पोर्चुगलको जंगलमा लागेको आगोबाट १६० भन्दा धेरै घाइते भएका छन्। सयौँ मानिसहरु आफ्नो घर छाडेर जान बाध्य भएका छन्।
पोर्चुगलमा सन् २०१७ पछि यस्तो गम्भीर संकट निम्तिएको छ। यहाँ १७ जुलाईमा आगो नियन्त्रणका लागि परिचालित अग्नि नियन्त्रक जहाज दुर्घटनामा परेको छ। यसक्रममा पाइलटले ज्यान गुमाएका छन्।
फ्रान्स
फ्रान्सको २२ हजार एकडमा फैलिएको आगोबाट ठूलो क्षति भएको छ। त्यहाँ १२ हजार मानिसलाई जोगाइएको छ। ३ हजार बढी अग्निनियन्त्रक आगो निभाउन जुटेका छन्।
यसैबीच खतरनाक मौसमलाई लिएर संयुक्त राष्ट्र संघले चिन्ता जनाएको छ। संगठनका महासचिव एन्टोनियो गुटरेसले जंगलको आगो तातो मौसमका कारण आधी मानव समुदाय नै सामूहिक आत्महत्याको मुहानमा पुगेको उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया