ad ad

ग्लोबल


सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन

नेपालखबर
भदौ १५, २०७९ बुधबार ७:४५, काठमाडौँ

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१  वर्षको उमेरमा निधन भएको छ।

उनले शीतयुद्धलाई शान्तिपूर्णरुपमा अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

गोर्बाचेभले सन् १९८५ मा सोभियत संघको नेतृत्व सम्हालेका थिए। उनको पालामा तत्कालीन यूएसएसआर अघि बढाएका थिए भने सोभियत संघमा पनि सुधारको लागि विभिन्न योजना अघि सारेका थिए। यद्यपि उनले सोभियत संघको विघटन भने रोक्न सकेनन्। 

उनको निधनमा विश्वभरका नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले उनलाई विश्वको इतिहास नै फेरिदिने व्यक्तिको रुपमा स्मरण गर्दै श्रद्धाञ्जली दिएका छन्।

गोर्बाचेभ लामो समयदेखि बिरामी थिए। गत जुनमा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई मिर्गौलासम्बन्धी समस्या देखिएको थियो। तर, उनको मृत्युको कारण भने खुलाइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .