भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीकी आमा पाओला माइनोको शनिवार इटालीमा निधन भएको छ।
उनको इटालीस्थित घरमै ९० वर्षको उमेरमा निधन भएको हो।
कांग्रेस पार्टीका सञ्चार विभाग महासचिव जयराम रमेशले उनको अन्तिम संस्कार आइतवार गरिएको पनि जानकारी दिएका छन्।
सोनिया यसअघि २३ अगस्टमा बिरामी आमालाई भेट्न दिल्लीबाट इटाली गएकी थिइन्।
सोनिया गान्धी उनका छोरा राहुल र छोरी प्रियङ्का गान्धी वाड्रा पहिलेबाटै विदेशमा छन्। उनी यसअघि नै इटालीस्थित आफ्नो जन्म सहर पुगिसकेकी छन्।
525
Shares
प्रतिक्रिया