चीनको सिचुवान प्रान्तमा सोमबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। चीनको अर्थक्वेक नेटवर्कस् सेन्टरका अनुसार सिचुवानको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।
सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु लुडिङ भन्ने स्थानमा परेको छ। यो स्थान सिचुआनको राजधानी चेन्दुबाट १८० किलोमिटर दक्षिणपश्चिममा पर्छ।
अहिलेसम्म भूकम्पबाट कुनै पनि क्षतिको विवरण भने आएको छैन्। सन् २०१३ मा चीनको सिचुवानमा गएको शक्तिशाली भूकम्पको कारण एक सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने हजारभन्दा धेरै मानिसहरु घाइते भएका थिए।
147
Shares
प्रतिक्रिया