ad ad

ग्लोबल


लिज ट्रस बेलायतको प्रधानमन्त्रीमा नियुक्त

लिज ट्रस बेलायतको प्रधानमन्त्रीमा नियुक्त

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १८:२०, काठमाडौँ

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छन्। उनले मंगलबार महारानी  एलिजाबेथ द्वितीयसँग स्कटल्यान्डको बालमोरल कासलमा भेट गरेकी छन्। 

महारानी एलिजाबेथले ४७ वर्षीया ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी हुन्। 

यसअघि बोरिस जोनसनले महारानीसँग भेटेर आफ्नो पदबाट राजीनामा दिएका थिए। 

ट्रसलाई सोमवार कन्जर्भेटिभ पार्टीले आफ्नो नयाँ नेता चयन गरेको थियो। ट्रसलाई ८१,३२६ भोट मिल्यो। अर्कातिर भारतीय मूलका भनिएका ऋषि सुनकलाई ६०,३९९ भोट मिलेको थियो।

सोमवार उनले आफूसँग कर घटाउने खास योजना रहेको बताएकी थिइन्। उनले सन २०२४ मा हुने चुनावमा लेबर पार्टीलाई हराउने पनि घोषणा गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .