ad ad

ग्लोबल


श्रीलंकामा समातिए आठ भारतीय माझी

श्रीलंकामा समातिए आठ भारतीय माझी

नेपालखबर
असोज ५, २०७९ बुधबार ७:५९, काठमाडौँ

श्रीलङ्काको जल क्षेत्रमा ‘अवैधरूपमा माछा मार्ने गरेको’ आरोपमा श्रीलङ्काको नौसेनाले आठ भारतीय माझीलाई पक्राउ गरेको छ।

प्रहरीको विज्ञप्ति अनुसार सोमबार राति १० बजे जगदपट्टिनमबाट २२ नटिकल माइलको दूरीमा ती माछा मार्नेहरूलाई पक्राउ गरिएको हो। गत महिना श्रीलङ्काको नौसेनाले १० भारतीय माझीलाई पक्राउ गरेको श्रीलङ्काको माझी संघले जनाएको छ।

यसअघि तमिलनाडुको तटीय जिल्लाबाट डुङ्गामा यात्रा गरिरहेका नौ जना माझी श्रीलङ्काको जलक्षेत्रमा अतिक्रमण र माछा मारेको आरोपमा पक्राउ परेका थिए।

नागपट्टिनमबाट पक्राउ परेका माझीहरूलाई त्रिन्कोमाली बन्दरगाहमा लगिएको रामेश्वरम प्रहरीले जनाएको छ।

यसअघि श्रीलङ्काको जलसेनाले डुङ्गा दुर्घटनाका कारण अलपत्र परेका ६ भारतीय माझीको उद्धार गरेको थियो।

रामेश्वरम माछा मार्ने बन्दरगाहबाट करिब ५ सय ३२ डुङ्गा समुद्रतर्फ प्रस्थान गरेका छन्। तर सगेर पाण्डियनको स्वामित्वमा रहेको डुङ्गाले भारत/श्रीलङ्काको समुद्री सिमाना रहेको पाल्क बे क्षेत्रमा यान्त्रिक समस्या देखिएको सङ्केत गरेको थियो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .