चीनको सिचुवानमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार गरिएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सेप्टेम्बर ५ मा भएको भूकम्पमा परी बेपत्ता भएका हाइड्रोपावरमा काम गर्ने २८ वर्षीय कर्मचारीको जीवितै उद्धार गरिएको हो।
६.८ म्यग्निच्युडको उक्त भूकम्पमा परी ९३ जनाको मृत्यु भएको थियो भने सयौं मानिसहरु घाइते भएका थिए।
समाचारमा उल्लेख गरिएअनुसार गान यु नाम गरेका हाइड्रोपावरका कर्मचारी र उनका सहकर्मी लुओ योङ भूकम्पपछि छुटेका थिए।
भूकम्पपछि उनीहरु केही दिनसम्म खाना र मोबाइल सिग्नल विना नै उक्त स्टेसनमा बसेका थिए। भूकम्पको तीन दिनपछि उनीहरु १२ माइलसम्म हिँडेर पुगेका थिए। त्यसपछि आँखा कम देख्ने गानले आफ्नो चस्मा हराए।
त्यसपछि भने दुवैजना छुट्टिएका थिए। त्यसको भोलिपल्ट लुओ फेला परेपछि गान भने बुधबार मात्र फेला परेका हुन्।
उनी जंगली फलफूल र पानीको सहारामा बाँचेको उद्धारकर्ताहरुले बताएका छन्।
Shares
प्रतिक्रिया