ad ad

ग्लोबल


इन्धनको खोजी गर्दै साउदी अरबमा जर्मन चान्सलर स्कोल्ज

इन्धनको खोजी गर्दै साउदी अरबमा जर्मन चान्सलर स्कोल्ज

नेपालखबर
असोज ९, २०७९ आइतबार ७:३५, काठमाडौँ

जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिबार साउदी अरब पुगेका छन्। 

“रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्कोल्जलाई स्वागत गरेका छन्।

त्यसपछि उनले साउदी अरबका प्रभावशाली शासकसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन्।  

शनिबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) र त्यसपछि आइतबार कतार जानुअघि उनले साउदी महिलाको समूहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

जर्मन चान्सलरले युक्रेनमाथिको आक्रमणपछि रूसबाट आपूर्तिमा कमी आएसँगै तेल र ग्यासको धनी खाडी मुलुकहरूसँग नयाँ ऊर्जा साझेदारीमा सहमति जनाउने अपेक्षा गरेका छन्।  रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .