ad ad

ग्लोबल


फिलिपिन्समा ‘नोरु’ आँधीका कारण ८ जनाको मृत्यु

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण ८ जनाको मृत्यु

नेपालखबर
असोज ११, २०७९ मंगलबार १८:१५, मनिला

सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनाका साथै अन्य तीन जना बेपत्ता भएको सरकारी निकायले मङ्गलबार जनाएको छ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ। नोरु आइतबार दिउँसो अवतरण गरेको केही घण्टापछि एजेन्सीले क्युजोन प्रान्तमा एक र जाम्बालेस प्रान्तमा दुईवटा आँधीका कारण थप तीन जनाको मृत्यु भएको जनाइएको छ। 

यस एजेन्सीले ती तीन जनाको कसरी मृत्यु भयो भन्ने विवरण भने दिएको छैन। एजेन्सीले मनिलाको दक्षिणपूर्वी बिकोल क्षेत्रमा थप तीन जना हराइरहेको बताएको छ।

फिलिपिन्स विश्वव्यापी रुपमा सबैभन्दा प्रकोप–प्रवण देशहरूमध्ये एक हो। मुख्यतया प्यासिफिक रिङ्ग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण औसतमा, द्वीपसमूह देशले वार्षिक २० टाइफुनहरु आउने गरेको पाइन्छ। यीमध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .