ad ad

ग्लोबल


मोजाम्बिक र मलावीमा गएको टाइफोन तुफानमा ३ सयको मृत्यु, ८० हजार घरबाहरविहीन

मोजाम्बिक र मलावीमा गएको टाइफोन तुफानमा ३ सयको मृत्यु, ८० हजार घरबाहरविहीन

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १२:४४, काठमाडौँ

पूर्वी अफ्रिकन देश मोजाम्पिक र दक्षिण पश्चिम देश मलावीमा गएको ट्रोपिकल साइक्लोन तुफानमा परी ज्यान गुमाउनेको संख्या ३ सय नाघेको छ।

फ्रेबुअरीको अन्त्यदेखि पहिरो र आँधीसँगै अफ्रिकाको दक्षिणपूर्वी यी देशमा चक्रावत (साइक्लोन तुफान) सुरु भएको थियो।

रिपोर्टका अनुसार हालसम्म मालावीमा २२५ र मोजाम्बिकमा ५५ जना बढीले ज्यान गुमाएका छन्।

फेब्रुअरीको अन्तिममा भूक्षयहरूका साथ टाइफोन आँधी चल्न थालेकोमा मार्च दोस्रो साता दोस्रोपटक भूक्षयसहित तुफान चलेको हो। 
त्यहाँका अधिकारीहरूले बताएअनुसार तुफानका कारण करिब ८० हजार जना घरबारविहीन भएका छन्। 

साइक्लोन अफ्रिकी देशमा चल्ने उष्णकटिबंधीय चक्रावतमध्ये एक हो, जुन हालका वर्षमा अफ्रिकामा सबैभन्दा घातक हो। यो तुफानको असर अझैँ लामो समयसम्म चल्नेसक्ने आकलन गरी त्यहाँको मौसम विभागले तुफान र भूक्षयको खतराको जानकारी दिएको छ।

निरन्तरको बाढी र तुफानले स्थिति बिग्रिँदै गएपछि मोजाम्बिक सरकारले १४ दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

तुफानका कारण त्यहाँका पहाडहरूमा निरन्तर पहिरो गइरहेको र त्यो बगेर सहरसम्म पुगेको रोयटर्सले उल्लेख गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .