ad ad

ग्लोबल


मस्को पुगेर सीले भने : रुससँग मिलेर बहुध्रुवीय विश्वको प्रबर्द्धन गर्छौं

मस्को पुगेर सीले भने : रुससँग मिलेर बहुध्रुवीय विश्वको प्रबर्द्धन गर्छौं

नेपालखबर
चैत ६, २०७९ सोमबार १९:१५,

तीन दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ रुसको राजधानी मस्को पुगेका छन्। समकक्षी भ्लादिमिर पुटिनसँग उनले सैन्य तथा उर्जा क्षेत्रमा रणनीतिक सहकार्यका विषयमा छलफल गर्नेछन्।

त्यस्तै, युक्रेनमा जारी युद्धविराम गर्ने र शान्तिवार्ता सुरु गर्ने विषयमा पनि सीले प्रस्ताव राख्ने अपेक्षा गरिएको छ। उनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग फोन संवाद गर्ने बताइएको छ।

मस्कोमा उत्रिँदै सीले बेइजिङ र मस्कोबीच बलियो सम्बन्ध महत्वपूर्ण रहेको बताए। 

उनले राष्ट्रसंघकेन्द्रित विश्व व्यवस्थाको रक्षा गर्न तथा बहुध्रुवीय विश्वको प्रबर्द्धन गर्न रुस र चीन दुवै दृढ रहेको पनि बताए।

सोमबार नै उनले पुटिनसँग अनौपचारिक भेट गर्नेछन्। उनीहरुबीच द्विपक्षीय वार्ता भने मंगलबार हुनेछ। उनीहरुले दुई संयुक्त वक्तव्य जारी गर्ने र एक दर्जन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।

भ्रमणअघि दुवै नेताले एकअर्काको मुलुकको पत्रिकामा लेख प्रकाशित गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .