ad ad

ग्लोबल


सीलाई अमेरिकाको आग्रह – पुटिनलाई युद्ध रोक्न दबाब दिनुहोस्

सीलाई अमेरिकाको आग्रह – पुटिनलाई युद्ध रोक्न दबाब दिनुहोस्

नेपालखबर
चैत ७, २०७९ मंगलबार १३:५२, काठमाडौँ

रूसको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनपिङलाई संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरिरहेको युद्ध अपराध रोक्न लगाउन अनुरोध गरेको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेनी भूमिबाट रूसी सेना फिर्ता गर्न लगाउन अनुरोध गरेका छन्।

उनले भनेका छन्, 'युद्धविराम मात्रै प्रयाप्त हुँदैन। राष्ट्रपति सीले समकक्षी पुटिनलाई युक्रनी सहर, अस्पताल र विद्यालयमा बमबारी गर्न, युद्ध अपराध गर्न र आफ्ना सेना फिर्ता लिन दबाब दिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।'

 तर चिनले युक्रेनी सार्वभौम क्षेत्रमा रहेका रूसी सेनालाई हटाउन दबाब नदिई युद्धविरामको मात्रै प्रस्ताव गर्ने विषयमा आफूहरू चिन्तित रहेको उनले बताएका छन्।

उनले भनेका छन्, 'रसियन सेना युक्रेनी सार्वभौम क्षेत्रबाट हटाउने सम्बोधन नगरी युद्धविरामको मात्रै प्रस्तावको आह्वान गर्नाले प्रभावकारी रूपमा रूसका क्रियाकलाप अनुमोदन गरेको ठहरिन्छ।'

सी रूसको भ्रमणमा रहेकै बेला जापानका प्रधानमन्त्री फुमियो किशिडा अचानक यूक्रेनी राष्ट्रपति भ्लोलिमिर जेलेन्स्काई भेट्न पुगेका छन्। रूसी आक्रमणविरुद्ध उनले युक्रेनी सार्वभौमतामाथि ऐक्येवद्धता र समर्थन गर्ने विश्वास गरिएको छ।

सीको रूस भ्रमणपछि जापानी प्रधानमन्त्री फुमियो आकस्मिक युक्रेन भ्रमणमा निस्किएका हुन्। चीन र जापान एकअर्कालाई क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा हेर्ने गर्छन्। रूस-युक्रेन युद्ध सुरु भएपछि जापानले युक्रेनलाई आर्थिक र सैन्य सहायता प्रदान गरिरहेको बताइन्छ।

सोमबार मस्को पुगेका सीले पुटिनसँग अनौपचारिक वार्ता गरेका थिए। भेटमा उनले युद्धविरामको अनुरोध गरेकोमा राष्ट्रपति पुटिन त्यसमा छलफल गर्न सहमत देखिएका थिए। मंगलबार मात्रै दुईजनाबीच औपचारिक छलफल हुने कार्यतालिका रहेको छ।

चीनले अघिल्लो महिना युद्धविरामका लागि १२ बूँदे योजना तयार गरेको थियो। शत्रुता अन्त्य गरी शान्ति सम्झौता गर्नेगरी छलफल गर्ने योजना चीनले बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .