ad ad

ग्लोबल


सीसँग वार्तापछि पुटिनले भने : चिनियाँ शान्ति योजना युक्रेन द्वन्द्व अन्त्यको आधार हुनसक्छ

सीसँग वार्तापछि पुटिनले भने : चिनियाँ शान्ति योजना युक्रेन द्वन्द्व अन्त्यको आधार हुनसक्छ

नेपालखबर
चैत ७, २०७९ मंगलबार २२:३७, काठमाडौँ

चीनले अघि सारेको शन्ति योजना युक्रेनको द्वन्द्व अन्त्य गर्ने आधार हुनसक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

तीन दिने औपचारिक भ्रमणमा मस्को पुगेका सी र पुटिनबीच मंगलबार औपचारिक वार्ता भएको थियो। उनीहरुले दुई वटा संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन्। एउटामा आर्थिक सहकार्यको विवरण छ भने अर्कोमा रुस–चीन साझेदारीको योजना।

‘चिनियाँ शान्ति योजनाका थुप्रै प्रावधानहरुलाई युक्रेनमा द्वन्द्व समाधान गर्ने आधारका रुपमा लिन सकिन्छ। जब पश्चिम र किभ यसका लागि तयार हुन्छन्,’ संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने।

चीनले गत महिना युक्रेनमा शान्तिका लागि १२ बुँदे प्रस्ताव अघि सारेको थियो।

सीले पनि आफूहरु शान्ति र संवादको पक्षमा रहेको भन्दै चीनका नीति राष्ट्रसंघको घोषणा पत्र र तटस्थताद्वारा निर्देशित भएको बताए।

चीन इतिहासको सही पक्षमा रहेको भन्दै उनले घुमाउरो तरिकाले युक्रेनलाई हतियार दिने पश्चिमा शक्तिको आलोचना पनि गरे। 

सीले पुटिनलाई बेइजिङ भ्रमणको निम्ता दिएका छन्। उनले यो वर्षको बेल्ट एन्ड रोड फोरममा पुटिनलाई निम्त्याएका हुन्। सोमबारको अनौपचारिक भेटमा सीले २०२४ को चुनावमा पनि पुटिन विजयी हुने अपेक्षा व्यक्त गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .