ad ad

ग्लोबल


नयाँदिल्लीका चोकचोकमा मोदीविरोधी पोस्टर, ६ जना पक्राउ

नयाँदिल्लीका चोकचोकमा मोदीविरोधी पोस्टर, ६ जना पक्राउ

नेपालखबर
चैत ८, २०७९ बुधबार ११:२२, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पोस्टर टाँगेको भन्दै नयाँदिल्लीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

आम आदमी पार्टीको कार्यालयबाट भ्यानमा निस्किँदै गरेका उनीहरूलाई पोस्टरसहित पक्राउ गरिएको हो।

तीन दिनयता पश्चिम दिल्लीका धेरै ठाउँमा ठूलो संख्यामा प्रधानमन्त्री मोदीविरोधी पोस्टर टाँगिएका छन्। जसमा 'मोदी हटओ, देश बचाओ' नारा लेखिएको छ। कुनै संगठनको नाम र चिह्नबिना टाँगिएका ती पोस्टरको जिम्मा हालसम्म कुनै संगठनले लिएको छैन।

यद्यपि, ती पोस्टर आम आदमी पार्टीले टाँस्न लगाएको आरोप लागेको छ। 

ठूलो संख्यामा मोदीविरोधी पोस्टर टाँसिएपछि प्रहरीले १०० वटा एफआईआर दर्ता गरेको छ। ती सबै छापाखाना तथा वन फँडानी मुद्दामा दर्ता भएका छन्।  

पोस्टर टाँगेकै कारण प्रहरीले उजुरी एवं पक्राउ गर्ने काम गरेपछि आम आदमी पार्टीले विरोध गरेको छ। आधिकारिक ट्विटर ह्यान्डलमार्फत आम आदमीले मोदी सरकार तानाशाहको चरम विन्दुमा पुगेको आरोप लगाउँदै प्रश्न गरेको छ, 'मोदी सरकार तानाशहको चरम विन्दुमा पुगेको छ। पोस्टरमा त्यस्तो के आपत्तिजनक छ कि १०० वटा एफआईआर दर्ता गरियो? भारत लोकतान्त्रिक देश हो, पोस्टरसँग किन डराउने?'

दुई वर्षअघि कोभिड महामारीको समयमा पनि भारतमा मोदीविरोधी पोस्टर टाँसिएका थिए। त्यसबेला दिल्ली प्रहरीले ३० जनालाई पक्राउ र २५ वटा एफआईआर दर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .