भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ।
अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय समेत दिएको छ।
याचिकाकर्ताका वकिलले अदालतमा राहुल गान्धीलाई अधिकतम सजायको माग गरेका थिए।
सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ। गान्धीले त्यतिबेला बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ?’
मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए।
राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताएको बताए। बीबीसी
69
Shares
प्रतिक्रिया