मानहानि मुद्दामा अदालतबाट २ वर्षको जेल सजाय सुनाएपछि कांग्रेस आईका नेता राहुल गान्धीले पहिलो प्रतिक्रिया दिएका छन्। उनले ट्विटरमा ‘महात्मा गान्धी’लाई उल्लेख गर्दै सत्य आफ्नो ईश्वर भएको बताएका छन्।
गान्धीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो ईश्वर हो, अहिंसा त्यसलाई प्राप्त गर्ने माध्यम हो। – महात्मा गान्धी।’
सुरतको अदालतले उनलाई बिहीबार मात्रै दुई वर्षको जेल सजाय सुनाएको छ।
यद्यपि अदालतले राहुल गान्धीलाई जमानत पनि दिएको छ। यस्तो अवस्थामा राहुल गान्धीसँग अपिल गर्न ३० दिनको समय छ।
उनलाई मानहानि मुद्दामा २ वर्षको जेल सजाय सुनाइएको हो।
126
Shares
प्रतिक्रिया