चिनियाँ राष्ट्रपति सी चिनफिङलाई रुसमा भव्य स्वागत गरियो। तीन दिने भ्रमणमा मस्को पुगेका उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई दिन भेट गरे।
बुधबार औपचारिक वार्तापछि पुटिनसँग बिदा हुँदै गर्दा सीले विश्वमा आफूहरुले ठूलो भूराजनीतिक परिवर्तनको अगुवाइ गरिरहेको बताएका छन्।
‘अहिले परिवर्तन भइरहेको छ। त्यस्तो (परिवर्तन) हामीले सय वर्षमा देखेका छैनौँ। र, त्यो परिवर्तनको अगुवाइ हामीले साथमा गर्दैछौँ,’ सीले क्रेमलिनबाट बिदा हुँदै गर्दा पुटिनलाई दोभाषे मार्फत भने।
"Right now there are changes, the likes of which we haven't seen for 100 years… we are the ones driving these changes together.”
Chinese President Xi Jinping made the closing remarks to Russian President Vladimir Putin following a state visit. pic.twitter.com/YZHwEV2x89 — In Context (@incontextmedia) March 22, 2023
पुटिनले जवाफ दिए– ‘म सहमत छु।’
त्यसपछि सीले पुटिनसँग हात मिलाए र भने, ‘आफ्नो ख्याल राख्नुहोला, प्रिय मित्र!’
आफ्ना दुवै हातले सीको हात समात्दै पुटिनले जवाफ दिए, ‘यात्रा सुरक्षित रहोस्।’
यी दुई नेताले युक्रेन संकट समाधानका लागि ‘जिम्मेवार संवाद’ आह्वान गरेका छन्। त्यस्तै, बेइजिङ र मस्कोबीच सहकार्यलाई नयाँ युगमा पुर्याएको भन्दै एक सम्झौतामा पनि हस्ताक्षर भएको छ। एजेन्सी
Shares
प्रतिक्रिया