ad ad

ग्लोबल


सी र पुटिनद्वारा जारी संयुक्त वक्तव्यमा युक्रेनबारे के भनिएको छ?

सी र पुटिनद्वारा जारी संयुक्त वक्तव्यमा युक्रेनबारे के भनिएको छ?

नेपालखबर
चैत ९, २०७९ बिहिबार १८:५३, काठमाडौँ

चीन र रुसका राष्ट्रपतिले युक्रेन द्वन्द्व वार्ताद्वारा समाधान गर्नुपर्ने बताउँदै संयुक्त वक्तव्य जारी गरेका छन्। राष्ट्रपति सी चिनफिङको तीन दिने रुस भ्रमणका क्रममा मंगलबार सो वत्तव्य जारी गरिएको हो।

वक्तव्यमा युक्रेन मामिलामा चीनको तटस्थ अडानलाई रुसले सकारात्मक भनेको छ। कुनै मुलुक र उसको गठबन्धनले अन्य मुलुकको वैधानिक सुरक्षा चासोमा खलल पुर्याउने कामको दुवै मुलुकले विरोध गरेका छन्।

अर्कोतिर, सकेसम्म चाँडो शान्ति वार्ता सुरु गर्ने रुसको तत्परतालाई चीनले सकारात्मक भनेको छ।

त्यस्तै, युक्रेन संकटको राजनीतिक–कूटनीतिक समाधानका लागि सकारात्मक भूमिका खेल्ने चीनको तत्परतालाई रुसले स्वागत गरेको छ। र, चीनले अघि सारेको १२ बुँदे दस्ताबेज यसमा सहयोगी हुने उसको भनाइ छ।

‘युक्रेन संकट समाधान गर्न सुरक्षाका विषयमा सबै मुलुकको वैध चासोलाई सम्मान गर्न,  गठबन्धनबीचको टक्कर रोक्न र द्वन्द्व थप चर्काउने क्रियाकलाप बन्द गर्न आवश्यक छ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘युक्रेन संकटको दिगो समाधानका लागि जिम्मेवार संवाद नै सबैभन्दा उत्तम बाटो भएकोमा दुवै पक्ष जोड दिन्छन्। र, त्यसलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .