ad ad

ग्लोबल


ओडिशा रेल दुर्घटना : मरेको ठानी शवको थुप्रोमा राखिएका उनले जब हात चलाए...

ओडिशा रेल दुर्घटना : मरेको ठानी शवको थुप्रोमा राखिएका उनले जब हात चलाए...

दुर्घटनामा ज्यान गुमाएका झन्डै सय जनाको शव अझै सनाखत हुन सकेको छैन।


नेपालखबर
जेठ २४, २०८० बुधबार १३:२३, काठमाडौँ

यही जुन २ तारिख साँझ ७:१० बजे भारतको ओडिशा राज्यअन्तर्गत बालासोरमा तीनवटा रेल आपसमा ठोक्किएर दुर्घटना हुँदा २ सय ७५ जनाको मृत्यु भयो। हजारभन्दा बढी घाइते भए। तीमध्ये अहिले २ सयदेखि अढाईसम्म जना उपचाररत छन्। बाँकी घर गइसकेका छन्।

अवस्था बिस्तारै सामान्य हुँदै छ। जुन ६ तारिख (मंगलबार) का दिन ओडिशाका मुख्य सचिवले भने, ‘सयवटा भन्दा बढी शव पहिचान हुन बाँकी छ। अहिले पनि मानिसहरू शवको थुप्रोमा आफन्त खोजिरहेका छन्।’ 

दुर्घटनाको ५ दिनपछि एक व्यक्तिले आफ्नो भतिजाको शव फेला पारे। तर त्यसमा थप पाँच जनाले दाबी गरेपछि उनले जिम्मा लिन पाएनन्। अब उक्त शव डीएनए परीक्षण गरेर मात्र सम्बन्धितलाई हस्तान्तरण गरिनेछ।

यसै क्रममा एउटा बाबुको कथा पनि हृदयविदारक छ, जसको छोरोलाई मरेको ठानी शवगृहमा लगियो र उनीमाथि शवको थुप्रो लगाइयो। तर जब उनले हात चलाए, तब मानिसहरूले थाहा पाए– उनी त जिउँदै पो रहेछन्! 

पिता हेलारामका शब्दमा विश्वजितको कथा...
हेलाराम मलिक नाम गरेका व्यक्तिले भने, ‘मेरो छोरा विश्वजित जुन २ मा संत्रागाछीबाट कोरोमण्डल ट्रेनमा चढेका थिए। उनी चेन्नई जाँदै थिए। करिब साढे ७ बजे उसले मलाई फोन गर्‍यो र भन्यो, ‘रेल दुर्घटना भयो, म नराम्ररी घाइते भएको छु।’ मलाई फोन गरिसकेपछि ऊ बेहोस भयो।’

‘मानिसहरूले मरेको ठानी उनलाई बालासोर विद्यालयस्थित शवगृहमा राखे। उसमाथि शव राखे। होस आएपछि उसले हात हल्लायो। अनि उनी जिउँदै रहेको थाहा पाएपछि उसलाई मानिसले अस्पताल लगे। छोराको फोन आएपछि हामी उसलाई खोज्न पुगेका थियौं। अन्ततः हामीले उनलाई बालासोर अस्पतालमा भेट्टायौँ।’

उनले भने, ‘त्यो घटना मेरा लागि निकै पीडादायी थियो, किनकि मैले मेरो छोरालाई सधैँका लागि गुमाउन सक्थेँ। मेरो छोरा दुई वर्षपछि घर फर्केको थियो। हामीसँग १५ दिन मात्र बसेर ऊ बिदा भएको थियो। फेरि जाने वा नजाने उसको खुसी। तर बुबाका नाताले म उसलाई रोजगारीका लागि बाहिर नजान सल्लाह दिन्छु।’ दैनिक भास्करबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .