आफ्नो सबैभन्दा आधुनिक लडाकु विमान एफ–३५ हराएपछि त्यसको खोजी गर्न अमेरिकी सेनाले आम नागरिकसँग सहयोग मागेको छ।
सो विमान आइतबार क्यारोलाइना राज्यमा उडिरहेका बेला बेपत्ता भएको थियो। विमानमा खतराको संकेत देखेपछि पाइलट भने प्यारासुटबाट सुरक्षित रुपमा जमिनमा ओर्लिएका थिए।
उनी अस्पतालमा रहेको जनाइएको छ।
तर, विमान कहाँ दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लागेको छैन।
सैन्य अधिकारीहरुले चार्ल्सटन सहरनजिक रहेका दुई तालनजिक विमानको अन्तिम लोकेसन फेला परेको थियो।
सेनाको चार्ल्सटन शिविरले खोजीमा सहयोग गर्न आह्वान गरेको हो।
एफ–३५ लकहिड मार्टिन कम्पनीले बनाएको विमान हो। यस्तो एउटा विमानको मूल्य ८ करोड डलर पर्ने बताइएको छ। एजेन्सी
असोज १, २०८०, साेमबार
435
Shares
प्रतिक्रिया