ग्लोबल


नेतान्याहुले किन भने– युद्ध केही समयका लागि रोकिने सम्भावना छ?

नेतान्याहुले किन भने– युद्ध केही समयका लागि रोकिने सम्भावना छ?

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ९:२८, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध समाप्त भएपछि ‘अनिश्चितकालका लागि’ गाजापट्टीको ‘पूर्ण सुरक्षा जिम्मेवारी’ इजरायलको हुने बताएका छन्।

अमेरिकी च्यानल एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहुले उक्त कुरा बताएका हुन्।

अन्तर्वार्तामा उनले हमासको नियन्त्रणबाट बन्धकहरूलाई मुक्त नगरेसम्म युद्ध रोक्ने कुनै गुन्जायस नभएको बताए। 

गाजामा सन् २००७ देखि हमासको शासन छ। इजरायलले गाजाको हवाई क्षेत्र र समुद्री किनार मात्र नियन्त्रण गरिरहेको छ, तर यहाँ सरकार चलाउने जिम्मेवारी हमासको हो।

यद्यपि इजरायली प्रधानमन्त्री नेतान्याहुले मानवीय कारणले युद्ध केही समयका लागि रोकिने सम्भावना भने रहेको बताएका छन्।

उनले भने, ‘जहाँसम्म समय–समयमा साना युद्ध विराम गर्ने कुरा छ, एक वा दुई घण्टाका लागि– यस्तो हामीले पहिले पनि गरिसकेका छौँ। मलाई विश्वास छ– हामी परिस्थिति विचार गर्नेछौँ, ताकि सामान र मानवीय सहायता भित्रिन सकून्।’

अमेरिका र फ्रान्सलगायत धेरै युरोपेली मुलुकले अस्थायी युद्ध विरामका लागि अपिल गरिरहेका छन्।

सोही प्रयासअन्तर्गत अमेरिकाले मध्यपूर्वका अन्य देशसँग पनि संवाद गरिरहेको छ। यस सम्बन्धमा सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन टीर्क पुगेका थिए। यसअघि उनले इराकको वेस्ट बैंकको भ्रमण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .